Sat. May 18th, 2024

“चीन र पाकिस्तान असल मित्र, असल साझेदार र असल दाजुभाइ हुन्”-सी चिनफिङ

पैचिङ, २०७९ कात्तिक १९ गते शनिबार । “चीन र पाकिस्तान असल मित्र, असल साझेदार र असल दाजुभाइ हुन्”। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको औपचारिक भ्रमणका लागि पैचिङ पुग्नु भएका पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग भेटवार्ता गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले चीन र पाकिस्तानबीचको बलियो मित्रताको प्रशंसा गर्नुका साथै चीनले पाकिस्तानका लागि चौतर्फी रणनीतिक सहयोगको स्तरलाई उकास्ने इच्छा व्यक्त गर्नुभएको छ। जसबाट नयाँ युगमा यी दुबै पक्षबीचको अझ घनिष्ट भाग्य समुदायको निर्माणलाई तिब्र बनाउँदै आपसी सम्बन्धका लागि नयाँ प्रवर्द्धन शक्ति सिर्जना गरिने छ।

प्रधानमन्त्री शाहबाज चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनपछि चीनको भ्रमण गर्ने पहिलो विदेश नेताहरुमध्ये एक हुँनुहुन्छ। यस भेटबाट चीन पाकिस्तानबीचको परम्परागत मित्रता, राणनीतिक विश्वास र व्यापक सहमति अभिव्यक्त भएर नयाँ युगमा चीन र पाकिस्तानबीचको सम्बन्धको विकासका लागि स्पष्ट रुपरेखा सिर्जना गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले विश्वका लागि उच्चस्तरीय खुलापन र बेल्ट एण्ड रोड निर्णय प्रस्तावको उच्च गुणस्तरीय विकासमा जोड दिएको छ। हाल चीन-पाकिस्तान आर्थिक करिडोरको कुल लगानी २५ अर्ब अमेरिकी डलरभन्दा बढी छ, जसले पाकिस्तानका लागि प्रत्यक्ष रूपमा १ लाख ५० हजार रोजगारी सिर्जना गरेको छ। पाकिस्तान सेन्टर फर साउथ एशियन एण्ड इन्टरनेशनल स्टडिजका निर्देशक महमदका अनुसार पूर्वाधार लगानीबाट भएको उल्लेखनीय जीडीपी वृद्धिले सन् २०३० सम्ममा ११ लाख पाकिस्तानीहरूलाई चरम गरिबीबाट मुक्त गर्ने छ।

भेटका क्रममा राष्ट्राध्यक्ष सीले चीन र पाकिस्तानको आउने चरणको संयुक्त निर्माणका लागि खास आग्रह प्रस्तुत गर्नुभएको छ। उदाहरणका लागि चीन-पाकिस्तान आर्थिक करिडोर संयुक्त सहयोग समितिको राम्रो सदुपयोग, ग्वादर बन्दरगाहको सहयोगी पूर्वाधारको प्रवर्द्धनलाई तिब्र बनाउनु, नम्बर १ मुख्य रेलवे लाइन स्तरोन्नति र पुनर्निर्माण परियोजना र कराची चक्रपथ परियोजनाको प्रारम्भिक कार्यान्वयनको लागि अवस्था सिर्जना आदि।

वर्तमान विश्व, समय र इतिहासको परिवर्तन अभूतपूर्व ढङ्गले अगाडि बढिरहेको छ। अत्यधिक अनिश्चित संसारको सामना गर्दै चीन र पाकिस्तानले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याहरूमा सधैँ घनिष्ठ सहयोग गर्दै आएका छन्, वास्तविक बहुपक्षीयताको रक्षा गरेका छन्, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गरेका छन् र विकासशील देशहरूको साझा हितको रक्षा गरेका छन्। भेटमा प्रधानमन्त्री शाहबाजले राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गरेको विश्वव्यापी विकास पहल र विश्वव्यापी सुरक्षा पहलप्रति पूर्ण समर्थन रहेको बताउनुभएको छ । चीनले विश्व विकास पहलका लागि पाकिस्तानलाई प्राथमिकता साझेदारका रूपमा पनि चिनाएको छ। यसले दक्षिण एसियाको समृद्धि र विश्वको शान्तिपूर्ण विकासमा निश्चितता र सकारात्मक शक्ति पुर्याउने छ र चीन र पाकिस्तानको विकासका लागि पनि बलियो ग्यारेन्टी प्रदान गर्ने छ।

प्रधानमन्त्री शाबाजले आफ्नो चीन भ्रमणअघि चिनियाँ सञ्चारमाध्यममा लेख सार्वजनिक गरेअनुसार ‘पाकिस्तान-चीन मित्रतास् विश्वास र प्रेम कहिल्यै बदलिने छैन । नयाँ युगमा साझा भविष्यका साथ निकट चीन-पाकिस्तान समुदायले विश्व शान्ति, स्थिरता र साझा समृद्धिमा थप योगदान पुर्‍याउने छ।” सीएमजी

Facebook Comments