Thu. May 2nd, 2024

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा   

राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराको जल अभिषेक गर्नुहुँदै ।

मुस्ताङ, २०७९ कात्तिक १८ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका १ सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा भगवान् बुद्धको प्रस्तर मूर्तिको अनावरण एवम् भगवान् विष्णुको पस्तर मूतिको शिलान्यास समारोहमा । तस्बीरः सुशीलबाबु थकाली/रासस

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आउनुभएको हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिनुभयो । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ । रासस

राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा भगवान् बुद्धको प्रस्तर मूर्तिको अनावरण एवम् भगवान् विष्णुको पस्तर मूतिको शिलान्यास समारोहमा । तस्बीरः सुशीलबाबु थकाली/रासस
Facebook Comments