Mon. Dec 23rd, 2024

अफगानिस्तानले चार करोड अमेरिकी डलर नगद सहायता प्राप्त गर्यो   

काबुल, २०७९ कात्तिक १६ गते बुधबार । अफगानिस्तानले मङ्गलबार चार करोड अमेरिकी डलर नगद सहायता प्राप्त गरेको छ देशको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले उल्लेख गरेको छ।

“दा अफगानिस्तान बैङ्कले आज चार करोड अमेरिकी डलर नगद सहायता प्राप्त गरेको छ र वाणिज्य बैंकमा जम्मा गरिएको छ” विज्ञप्तिमा जनाइएको छ।

अफगानिस्तानको केन्द्रीय बैङ्कले विश्वभरका सबै बैङ्क र मौद्रिक संस्थाहरूसँग वित्तीय कारोबार गर्न चाहेको उल्लेख गर्दै ड्याबले विज्ञप्तिमा बैंकिङ प्रणाली मार्फत पैसा हस्तान्तरण गर्न आह्वान गरेको छ।

गत वर्षमा अन्तरराष्ट्रिय समुदायले ड्याबलाईलाई मानवीय सहायताको रूपमा नगद सहयोग गर्दै युद्धग्रस्त देशलाई आर्थिक पतन रोक्न विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गरेको थियो।
अफगानिस्तानमा तालिबानले गत वर्ष अगस्टमा अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता गरेपछि देशको बैंकिङ प्रणाली अवरुद्ध भएको छ।  रासससिन्ह्वा

Facebook Comments