Mon. Dec 23rd, 2024

“नयाँ र आधुनिक भविष्य निर्माण तर्फ नेपाल-चीनका युवाहरु सँगसँगै” विषयक बिचार गोष्ठि सम्पन्न

काठमाण्डौं, २०७९ कात्तिक ६ गते आईतबार । नेपाल चीन मैत्री युवा संघको आयोजनमा नयाँ र आधुनिक भविष्य निर्माणतर्फ नेपाल चीनका युवाहरु सँगसँगै कार्यक्रमको एक दिने बिचार गोष्ठि काठमाडौंमा आज सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले देशमा परिवर्तनको संबाहकनै युवाहरु भएकाले राज्यले युवाहरुलाई उपयुक्त बातावरण श्रीजना गर्न नसकेको कारणलनै धेरै बैद्धिक युवाहरु बिदेश पलायन हुनुपरेको बताउनु भयो ।

चीन आफ्नै छुट्टै समाजबादको बिशेशताका साथ अगिबढिरहेको र शक्तिशाली राष्ट्र निर्माणमा चीनियाँ युवाहरुको योगदान र लगनसिलता देशनिर्माणप्रति युवाहरुले निभाएको भुमिका अतुलनिय रहेकाले नेपालका युवाहरुले पनि चिनिँया युवाहरुबाट सिक्नुपर्ने कुराहरु धेरै रहेको उल्लेख गर्नुभयो ।

चीन र नेपाल बीचको सीमा जोडिनुमात्रै नभएर कतिपय संस्कृतिमा समेत एकरुपतारहेकाले पनि नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्नुभयो

उहाँले हालै सम्पन्न चिनिया महाधिबेशनको नया पदाधिकारीलाई बधाइ दिदै उत्तरोउत्तर प्रगतिको समेत कामना गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै चीनका लागि पूर्व राजदुत नेपाली तथा तथा पूर्व मुख्य सचिव लिलामणि पौड्यालले नेपाल र चीन बीचमा सम्झौताहरु धेरै भएपनि कार्यन्वयनको पक्ष फितलो भएकाले नेपालले लाभ लिन नसकेको बताउदै अब युवाहरुले चीनबाट फाइदा लिनको लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

जुनसुकै देशको परिवर्तको लागि युवाहरुको योगदानको आवश्यकता रहेकाले चिनिया युवाहरुले सिकेका प्राबिधिक ज्ञान र सिपहरु सिकाउन उनिहरु तयार रहेकाले नेपालका युवाहरुले पनि आफ्नो कदम अगाडि बढाउनुपर्ने उहाँको भनाई छ ।

यस्तै कुटनीतिज्ञ  तथा वरिष्ठ लेखक हिरण्यलाल श्रेष्ठले चीनले क्वान्टीटीमा मात्रै नभएर क्वालीटिमा जोड दिने गरेको उल्लेख गर्दै अहिको सम्बृद्ध चीन हुनुमा चीनीयाँ युवाहरुनै मुख्य आधार रहेको बताउनुभयो । परापुर्व कालदेखिनै चीनले नेपालको बिकाशमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा गर्दै नव निर्वाचीत प्रतिनिधि मण्डललाई शुभकामना ब्यक्त गर्नुभयो ।

यस्तै चाइना मिडिया ग्रुपका नेपाल ब्युरो प्रमुख चाङ युए बर्षाले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउनको लागि नेपालका समाचार सस्कृति चीनमा र चीनको विकाश र नवप्रवर्तनहरु नेपालमा आदान प्रदान गर्ने गरेको उल्लेख गर्दै आ-आफ्नो देश बिकाशमा लागि पर्न युवाहरुलाई आग्रह गर्नुभयो ।

यस्तै रे टेलिभिजन एच डिका अध्यक्ष तथा नेपाल-चीन मैत्री युवा संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार समेत रहनुभएका प्रकाश बाबु पौडेलले अहिलेको युवानै भविष्यको नेतृत्व हुने भएकाले नेपालको बिकाशको लागि अहिलेदेखिनै चिनियाँ युवाहरुसँग प्रगाढ सम्बन्ध सुदृण गर्नुपर्ने बताउनुभयो ।

उहाँले अर्को कार्यकालको लागि पनि सी चिन फिङ महासचिव पदमा नियुक्त हुनुभएकोमा बधाइ दिँदै नयाँ युग समृद्धि तर्फ डोहोर्याउन सकियोस भन्दै शुभकामना दिनुभयो । कार्यक्रममा विभिन्न युवा तथा विद्यार्थीहरुले विचार राख्नु भएको थियो  ।

कार्यक्रम नेपाल-चीन मैत्री युवा संघका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments