Mon. Dec 23rd, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन पैचिंगमा जारी, महासचिव सीको प्रतिवेदनमाथि घनिभूत वहस

काठमाण्डौं, २०७९ कात्तिक २ गते बुधबार । गत आइतबारदेखि सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा पार्टी महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिंगले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि घनिभूत वहस भैरहेको छ ।

चीनको राजधानी पैचिंगस्थित जनबृहत सभा भवनमा सञ्चालन भैरहेको सो महाधिवेशनमा प्रतिनिधि-प्रतिनिधिका समूह र महासचिव सी तथा प्रतिनिधिबीच प्रतिवेदनबारे छलफल भैरहेको हो ।

जनताको प्रजातन्त्रको विशेषता र श्रेष्ठता, चीनमा समाजवादी प्रजातान्त्रिक राजनीतिको विकास गर्नका लागि दिशानिर्देश, प्रजातान्त्रिक निर्वाचन, चीनलाई समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण गर्ने नयाँ प्रक्रियामा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका लगायतका विषयमा आज छलफल भएको छ ।

महाधिवेशन उद्घाटन समारोहमा महासचिव सीले चिनियाँ कम्युनिष्ट पार्टीले जनताको एकीकृत नेतृत्व गरेर प्रजातन्त्र खोज्ने, प्रजातन्त्रको विकास गर्ने, देशको राजनीतिक जीवन र सामाजिक जीवनका हरेक क्रममा जनताको आवाज सुन्ने कुरामा जोड दिने बताउनु भएको छ । सीएमजी

Facebook Comments