Sat. Apr 20th, 2024

सुनसरीको झुम्का तित्रीबनमा बस र माइक्रोबस ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु

फोटो: सुमन निरौलाको फेसबुकबाट

काठमाडौं, २०७६ माघ १९ गते आईतबार

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको झुम्का तित्रीबनमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् ।

फोटो: सुमन निरौलाको फेसबुकबाट

दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रदेश नम्बर १ का ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिनुभयो । एकजना महिला, दुईजना पुरुषको मृत्यु भएको तर उनीहरुको परिचय नखुलेको एसपी दाहालले जानकारी दिनुभयो । मृतक र घाइतेहरु सबै माइक्रो बसका हुन् ।

Facebook Comments