Thu. May 16th, 2024

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

राष्ट्रपती विद्यादेवी भण्डारी पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ गर्नुहुँदै । फोटो : पेमा लामा/रासस

बनेपा,  २०७९ असोज १७ गते सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँको आठौँ दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गर्नुभएको छ ।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गर्नुभएको हो ।

पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ गर्न आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई स्वागत गरिँदै । फोटो : रासस

उहाँ नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गर्नुभएको थियो ।

जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो । काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।

Facebook Comments