Sun. May 19th, 2024

राष्ट्र बैंकले साट्यो २२ अर्बको नयाँ नोट

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज १३ गते बिहीबार । दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने सुविधा उपलब्ध गराएको छ ।

यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँ बराबरको नोट साटिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ । यस्तै ५०० र १००० दरका १० अर्ब बराबरको नोट सहटी भएको विभागले जानकारी दिएको छ ।

दशैं बिदा लामो भएकोले बैंकहरुले एटीएममा राख्नका लागि ठूला दरको नोट थप माग गर्नसक्ने मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यस वर्ष दशैं लक्ष्यित साना र ठूला दरको २५ अर्ब रुपैयाँभन्दा माथिको नयाँ नोट बजारमा जाने देखिएको छ ।

गत वर्ष साना दरको करिब ८ अर्बको नोट सटही भएको थियो भने  यस वर्ष सटही रकम बढेको छ ।

Facebook Comments