Sun. May 19th, 2024

दोहोरो अङ्कले बढ्यो नेप्से

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज १३ गते बिहीबार । गत दुई दिनदेखि सकारात्मक देखिएको बजार दशैंअघिको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १६.२९ अङ्कले बढेर १८५३.७६ को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८३ प्रतिशतले बढेर ३६३.४२ को विन्दुमा पुगेको छ । आज कूल २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

आज १२ वटा सूचकहरु हरियाली छाएका छन् भने एक वटा सूचक राताम्मे भएको छ ।  आज कारोबार भएका सूचकहरुमा बैंकिङ १.०३ , व्यापार ०.०८, विकास बैंक १.१९, होटल तथा पर्यटन ०.८८, जलविद्युत् ०.४१, फाइनान्स ०.८८  लगानी समूह १.४३, माइक्रोफाइनान्स १.६५, म्युच्युअल फन्ड १.२६, निर्माण तथा उत्पादन क्षेत्र १.२४ र अन्य ०.२३  प्रतिशतले  बढेका छन् । बिहीबार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ । यसैगरी, गुँरास लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेका छन् ।

आज जीवन बीमा समूह ०.०६ प्रतिशतले घटेको छ । आज सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले घटेको छ । त्यस्तै, भने हिमालयन पावर पार्टनरको ३.६९ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ३.४९ प्रतिशत र युनाइटेड मोदि हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेका छन् ।

बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको २ करोड ६२ लाख, रिडि पावरको २ करोड २० लाख र हिमालयन डिस्टिलरीको २ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Facebook Comments