Tue. Apr 16th, 2024

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ श्रेष्ठलाई पत्नि शोक

पत्नि मायादेवीका साथ हिरण्यलाल श्रेष्ठ

काठमाण्डौं, २०७९ असोज १२ गते बुधबार । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठलाई पत्नि शोक परेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं.८ भंगाल निवासी श्रेष्ठकी धर्मपत्नी मायादेवी श्रेष्ठको अहिले साँझ ८ बजे निधन भएको हो । ७२ वर्षीया श्रेष्ठमा केही समयदेखि स्वास्प्रस्वास सम्बन्धि सामान्य समस्या रहेको उहाँको पारिवारीक श्रोतले जानकारी दिएको छ । दुई पटक कोरोना संक्रमण भए पनि कोरोनालाई जित्नु भएकी मायादेवी श्रेष्ठलाई विस्तारै फोक्सोमा समस्या भएको कुटनीतिज्ञ श्रेष्ठले रे न्यूज डेलीलाई जानकारी दिनुभएको छ ।

तीन दिनदेखि अक्सिजन लिईरहनु भएकी मायादेवी श्रेष्ठको स्वास्थ्य एक्कासि विग्रिएपछि उहाँलाई आजै साँझ गंगालाई अस्पताल पुर्याईएको थियो । चिकित्सकहरुले अस्पताल पुर्याए लगत्तै श्रेष्ठको निधन भएको बताएका थिए । श्रेष्ठको अहिले राती नै पशुपति आर्यघाटको विद्युतिय शवदाहगृहमा अन्यष्टि गरिदैछ ।

वरिष्ठ कुटनीतिज्ञ श्रेष्ठलाई एक वर्ष पहिले मात्र पुत्रशोक परेको थियो । उहाँका जेष्ठ सुपुत्र ईन्जिनियर लुज श्रेष्ठको कोरोना संक्रमणकै कारण २०७८ असार ३० गते बुधबार निधन भएको थियो । ५० वर्षीय लुज श्रेष्ठ पुल्चोक क्याम्पसका प्राध्यापक हुनुहुन्थ्यो ।

कुटनीतिज्ञ श्रेष्ठका कान्छा छोरा मुज श्रेष्ठ चिकित्सक हुनुहुन्छ ।

Facebook Comments