Mon. Dec 23rd, 2024

अरिङ्गालले टोकेर बागलुङमा एक जनाको मृत्यु

गलकोट,  २०७९ असोज १२ गते बुधबार ।  बागलुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका-७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते हुनुभएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ । रासस

Facebook Comments