Sat. Apr 27th, 2024

रोहितको विश्व कीर्तिमान

काठमाण्डौं, २०७९ असोज ८ गते शनिबार । भारत-अष्ट्रेलिया सिरिजको दोस्रो टी-२० आईमा रोहित शर्माले विश्व कीर्तिमान स्थापित गर्नु भएको छ । रोहितले टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यानको कीर्तिमान बनाउनु भएको हो ।

३५ वर्षीय भारतीय कप्तानले न्यूजिल्याण्डका ब्याट्सम्यान मार्टिन गुप्टिललाई पछि पार्नु भयो । उहाँले शुक्रबार नागपुरमा अष्ट्रेलियाविरुद्धको दोस्रो टी-२० आईमा आफ्नो पहिलो छक्का प्रकार गर्दै यो कीर्तिमान आफ्नो नाममा गर्नु भएको हो । मार्टिन गुप्टिलले टी-२० आईमा १ सय ७२ छक्का प्रहार गर्नु भएको छ ।

रोहितले भारतीय इनिङ्सको पहिलो ओभरमा जोस हेजलउडलाई दुई छक्का प्रहार गर्नु भयो । दोस्रो टी-२० मा उहाँको ४६ रनको विष्फोटक पारीमा ४ छक्का सामेल थिए । यो खेल भारतले ६ विकेटले जितेको थियो ।

सिरिजको तेस्रो र निर्णायक खेल सेप्टेम्बर २५ मा हैदरावादमा हुने छ ।

Facebook Comments