Fri. Apr 26th, 2024

सूर्य स्पोर्टिङ कल्ब ग्रामथान-२ झङडाही विजयी

महेश भट्टराई/विराटनगर, २०७९ असोज ८ गते शनिबार । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-२ झङडाहीमा जारीरहेको नकआउट फुटबल प्रतियोगीताकाे फाइनल खेलमा आयोजक क्लब सूर्य स्पाेर्टिङ कल्ब ग्रामथान-२ झङडाही विजय भएको छ ।


आज सम्पन्न भएको फाईनल खेलमा आयोजक क्लबले सादेटाेकी स्पाेर्टिङ कल्ब दुहबी-११ तनमुना सुनसरीलाई १-० गोलको अन्तरले हराएको छ । आयोजक टिमकै जर्सी नम्बर – ११ का राजेश उराँवले खेलकाे मध्येतिर १ गोल गरि टिमलाई विजय बनाए । मुडियारी र उराँव अथवा झाँगड समुदायका खेलाडी मात्रैले याे प्रतियोगितामा भाग लिने व्यवस्था गरेको आयोजक क्लब सूर्य स्पाेर्टिङ कल्बका अध्यक्ष र सचिव क्रमशः अन्जन उराँव र कान्छा उराँवले जानकारी दिनुभएको छ ।

याे प्रतियोगितामा माेरङ र सुनसरीका १२ ओटा टिमले भाग लिएका थिए । प्रतियोगितामा विजेता र उपविजेता हुने टिम र खेलाडीहरूलाई ग्रामथान गाउँपालिका वडा नम्बर-२ झाेराहाटका वडा अध्यक्ष यादव खतिवडाले क्रमशः नगद रु १५ र १० हजार सँगै शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ । २०७९ भदौ २८ गते मंगलबारदेखि जारी याे फुटबल प्रतियोगिता ग्रामथान गाउँपालिका वडा नम्बर-२ झङडाही स्थित प्रणाम इँट्टा भट्टाकाे खेल मैदानमा भएकाे हाे ।

Facebook Comments