Wed. Apr 24th, 2024

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

न्यूयोर्क/अमेरिका, २०७९ असोज ८ गते शनिबार । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको अपेक्षा गर्नु भएको छ ।

“हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता वाहेका छौँ, तथापि यो कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ“ उहाँले भन्नु भयो । भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

“भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ । हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,“ पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन् ।

‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ । अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७ औँ महासभालाई सम्बोधन गर्दै उहाँले बताउनु भएको छ ।

प्रधानमन्त्री शेहबाज शरीफले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गर्नु भउको छ । “यो बाढीमा ४ सय भन्दा बढी बालबालिका सहित १ हजार५ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन् ।

पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ भने
प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन् । रासस

Facebook Comments