Mon. May 6th, 2024

कपन लसुनटारमा डरलाग्दो आगलागी, तीन जनाको ज्यान गयो

काठमाण्डौं, २०७९ असोज ५ गते बुधबार । काठमाण्डौको कपनमा रहेको लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका-११ कपनको लसुनटारमा आज बेलुकी पौने ७ बजेतिर आगलागी हुँदा तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान भने खुल्न सकेको छैन ।

उज्यालो अनलाईनका अनुसार जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि निभाइएको जानकारी दिनुभयो । आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ ।

आगो निभाउनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

Facebook Comments