Sun. May 19th, 2024

राष्ट्रपतिसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

काठमाण्डौं, २०७९ असोज ५ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments