Mon. Apr 29th, 2024

बेलायतकी महारानी एलिजाबेथको वेस्टमिन्स्टर एबेमा अन्त्येष्टि कार्यक्रम सम्पन्न     

लण्डन, बेलायत, ३ २०७९ असोज ३ गते सोमबार । लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि कार्यक्रम गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो ।

राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिले देखि नै बेलायत आइपुगेका थिए ।

सन् १९६५ मा विन्स्टन चर्चिलको मृत्युपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो ।

राजकीय अन्त्येष्टिको अर्थ बेलायत सरकारले अन्त्येष्टिको दिनलाई औपचारिक रूपमा बैंक बिदाको रूपमा घोषणा गरेको छ ।

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्व नेताहरू लण्डन आइपुग्नुभएको हो ।

महारानी एलिजाबेथको निधनमा शोक व्यक्त गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले महारानीको न्यानो मनस्थितिलाई स्मरण गर्दै भन्नुभयो, “उहाकोँ नरमपन र सिष्ठताले विश्वलाई प्रभाबित पारेको थियो । उहाँसँग भेट हुँदा उहाँले भन्ने गरेका “के तपाईं ठीक हुनुहुन्छ? म तपाईंको लागि केही गर्न सक्छु? तिमीलाई के चाहिएको छ ? जस्ता उहाँका शब्दहरूले मलाई मेरी आमाको याद दिलाउँछ ।

महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका छन् ।

महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरस्थित १७ ब्रुटन स्ट्रिटमा भएको थियो । उहाँ ड्यूक र डचेस अफ योर्ककी पहिलो सन्तान हुनुहुन्थ्यो । रासस/एएनआई

Facebook Comments