संविधान दिवसको अवसरमा सोमबार तनहुँको दमौलीमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरी । संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । तस्बिर : कृष्ण न्यौपाने/रासस
काठमाण्डौं, २०७९ असोज ३ गते सोमबार ।
संविधान दिवस-२०७९का अवसरमा सोमवार धनगढीमा निकालिएको बाजागाजा र झाँकी सहितको प्रभातफेरी । तस्बिर : सिद्धराज भट्ट,रासससंविधान दिवस २०७९ का अवसरमा सोमबार मध्यपुर थिमि नगरपालिकद्वारा आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर : रत्न श्रेष्ठ/रासससंविधान दिवसका अवसरमा सुनसरीको सदरमुकाम इनरूवामा सोमबार निकालिएको प्रभातफेरीमा इनरूवा नगर प्रमुख, उपप्रमुखलगायत सहभागी । तस्बिर : नवीन गड्तौला, रासससंविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीद्वारा आयोजित दौड प्रतियोगितामा सहभागी धावक । दौड त्रिपुरेश्वरबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर परिक्रमापछि त्रिपुरेश्वर पुगेर समापन गरिएको थियो । तस्बिर : रत्न श्रेष्ठ, रासससंविधान दिवसको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका-३ अनसन चौतारा चोकमा रोट¥याक्ट क्लब अफ दमौलीद्वारा दीप प्रज्ज्वलन गरिँदै । तस्बिर : कृष्ण न्यौपाने, रासससंविधान दिवसको अवसरमा सोमबार महेन्द्रनगरमा भीमदत्त नगरपालिकाको आयोजनामा निकालिएका प्रभातफेरी । संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । तस्बिर : महादेव अवस्थी, रासससंविधान दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा निकालिएको प्रभातभरी । तस्बिर : सुरेश आचार्य, रासससंविधान दिवसका अवसरमा सुनसरी सदरमुकाम इनरूवामा सोमबार बेलुका दीप प्रज्ज्वलन गरिँदै । तस्बिर : नवीन गड्तौला, रासससंविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ जिल्ला कमिटी भोजपुरले जिल्ला अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी । तस्बिर : निरोज कोइराला, राससराष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : रत्न श्रेष्ठ, रासससंविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले सोमबार बुटवलमा आयोजना गरेको संविधान दिवस मूल समारोहमा झाँकी प्रस्तुत गर्दै देवदहको गुरुङ्टोला कोटहीमाइ झुमरा समूह । सो समूहले प्रथम पुरस्कार प्राप्त गरेको थियो । तस्बिर : निरा गौतम, राससराष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : रत्न श्रेष्ठ, रासससंविधान दिवसका अवसरमा वीरेन्द्रनगरको सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : सुरेश आचार्य, राससराष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा मयूर नृत्य प्रस्तुत गर्दै कलाकार ।राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शीतलनिवासमा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस