Tue. May 7th, 2024

संविधान दिवस कहाँ कसरी मनाईयो ? फोटो फिचर सहित

संविधान दिवसको अवसरमा सोमबार तनहुँको दमौलीमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरी । संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । तस्बिर : कृष्ण न्यौपाने/रासस

काठमाण्डौं, २०७९ असोज ३ गते सोमबार । 

संविधान दिवस-२०७९का अवसरमा सोमवार धनगढीमा निकालिएको बाजागाजा र झाँकी सहितको प्रभातफेरी । तस्बिर : सिद्धराज भट्ट,रासस
संविधान दिवस २०७९ का अवसरमा सोमबार मध्यपुर थिमि नगरपालिकद्वारा आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर : रत्न श्रेष्ठ/रासस
संविधान दिवसका अवसरमा सुनसरीको सदरमुकाम इनरूवामा सोमबार निकालिएको प्रभातफेरीमा इनरूवा नगर प्रमुख, उपप्रमुखलगायत सहभागी । तस्बिर : नवीन गड्तौला, रासस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीद्वारा आयोजित दौड प्रतियोगितामा सहभागी धावक । दौड त्रिपुरेश्वरबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर परिक्रमापछि त्रिपुरेश्वर पुगेर समापन गरिएको थियो । तस्बिर : रत्न श्रेष्ठ, रासस
संविधान दिवसको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका-३ अनसन चौतारा चोकमा रोट¥याक्ट क्लब अफ दमौलीद्वारा दीप प्रज्ज्वलन गरिँदै । तस्बिर : कृष्ण न्यौपाने, रासस
संविधान दिवसको अवसरमा सोमबार महेन्द्रनगरमा भीमदत्त नगरपालिकाको आयोजनामा निकालिएका प्रभातफेरी । संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । तस्बिर : महादेव अवस्थी, रासस
संविधान दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा निकालिएको प्रभातभरी । तस्बिर : सुरेश आचार्य, रासस
संविधान दिवसका अवसरमा सुनसरी सदरमुकाम इनरूवामा सोमबार बेलुका दीप प्रज्ज्वलन गरिँदै । तस्बिर : नवीन गड्तौला, रासस
संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ जिल्ला कमिटी भोजपुरले जिल्ला अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी । तस्बिर : निरोज कोइराला, रासस
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : रत्न श्रेष्ठ, रासस
संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले सोमबार बुटवलमा आयोजना गरेको संविधान दिवस मूल समारोहमा झाँकी प्रस्तुत गर्दै देवदहको गुरुङ्टोला कोटहीमाइ झुमरा समूह । सो समूहले प्रथम पुरस्कार प्राप्त गरेको थियो । तस्बिर : निरा गौतम, रासस
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : रत्न श्रेष्ठ, रासस
संविधान दिवसका अवसरमा वीरेन्द्रनगरको सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : सुरेश आचार्य, रासस
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा मयूर नृत्य प्रस्तुत गर्दै कलाकार ।
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शीतलनिवासमा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
Facebook Comments