Thu. May 2nd, 2024

चीनका राष्ट्राध्यक्ष सीद्वारा शाङ्हाई सहयोग संगठनको बाइसौं सम्मेलनलाई सम्बोधन

काठमाण्डौं, २०७९ भदौं ३१ गते शुक्रबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले स्थानीय समय अनुसार सेप्टेम्बर १६ तारिख उज्वेकिस्तानको समरकान्द अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शाङ्हाई सहयोग संगठनका सदस्य मुलुकहरुका राष्ट्रनायकस्तरीय परिषदको बाइसौं सम्मेलनलाई “युगको प्रवाह समातौं, एकता र सहयोगलाई सबल पारौं, उज्ज्वल भविष्यको संयुक्त रुपमा सिर्जना गरौं”शीर्षकमा सम्बोधन गर्नुभएको छ।

नयाँ स्थितिमा अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा महत्वपूर्ण रचनात्मक शक्तिको रुपमा शाङ्हाई सहयोग संगठनले निरन्तर रुपमा आपसी एकता र सहयोगलाई सबल पारी शाङ्हाई सहयोग संगठनको अरु घनिष्ठ साझा भाग्य समुदायको निर्माण गर्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले निम्न कार्यहरुलाई सक्रियता पूर्वक अघि बढाउन आफ्नो तर्फबाट सुझाव दिनुभयो। पहिलो, आपसी समर्थनलाई बढाइनुपर्छ। दोस्रो, सुरक्षा सम्बन्धी सहयोगको विस्तार गरिनुपर्छ। तेस्रो, व्यावहारिक सहयोगलाई गहन पारिनुपर्छ। चौथो, मानवीय आदान(प्रदानलाई मजबुत पारिनुपर्छ। र पाँचौं, बहुपक्षीयवाद जारी राखिनुपर्छ। संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय ऐनमा आधारित अन्तर्राष्ट्रिय अनुशासनको दृढताका साथ संरक्षण गरी सम्पूर्ण मानव जातिको साझा मूल्यको प्रचारप्रसार गरिनुपर्छ। सीएमजी

Facebook Comments