Sun. May 19th, 2024

नेपाल टी-२० लिग सर्यो

काठमाण्डौं, २०७९ भदौं ३० गते बिहीबार । नेपाल टी-२० लिगको पहिलो संस्करणको मिति सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।

क्यानले आगामी मंसिरसम्मको लागि प्रतियोगिता सारिएको जनाएको छ । क्यानले नयाँ मिति भने घोषणा गरेको छैन ।यस अघि पहिलो संस्करणको नेपाल टी-२० असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो । क्यानले सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सारेको हो ।

गृहमन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो । पहिलो संस्करणमा काठमाडौं कान्तिपुर,लुम्बिनी अल स्टार्स ,विराटनगर सुपर किङ्स,जनकपुर रोयल्स,पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्ने छन् ।

प्रतियोगिताका लागि शनिबार र आईतबार खेलाडी ड्राफ्ट भएको थियो । जसबाट सहभागी ६ टोलीले खेलाडी अनुबन्ध गरिसकेका छन् ।

Facebook Comments