Sun. May 19th, 2024

डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढ्यो

Petrol

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १७ गते शुक्रबार । आम जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेको छ । इण्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न आलटाल गरिरहेको नेपाल आयल निगमले मूल्य बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

Facebook Comments