Mon. May 20th, 2024

चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु, १२ जना घाइते

काठमाण्डौं, २०७९ भदौं १५ गते बुधबार । गए राति चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना घाईते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

उज्यालो अनलाईनका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन नसकेको बताउनुभयो ।

आज बिहान वडाध्यक्ष दोणर्बहादुर बहकरी क्षेत्रीलाई घटनाबारे जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

Facebook Comments