Wed. Dec 25th, 2024

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने ओलीको भनाई

फाईल फोटो

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १० गते शुक्रबार । शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर बिजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गर्नुभयो ।

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि सरकारसंग वार्ता र कुराकानी तथा दवाव र निर्वाचनसंग सम्बन्धित निकायसंग छलफल गर्ने उहाँको भनाई छ । अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरुका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिवद्ध भएर जनतामाझ जानुपर्ने धारणा राख्नुभयो । उहाँले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन पनि दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थीति, राष्ट्रिय राजनीति, सांगठनिक बिषय लगायतका बिषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगायतका बिषय टुङ्गो लगाउने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्ने छ ।

Facebook Comments