Sun. Apr 26th, 2026

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मलुकै पहिलो अमृतकोषको स्थापना

फोटो : रासस

       

काठमाण्डौं, २०७९ भदौं ३ गते शुक्रबार । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मलुकै पहिलो अमृतकोषको स्थापना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहबीच मलुकै पहिलो अमृतकोषको उद्घाटन गर्नुभएको हो ।

अस्पतालको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक समारोहकाबीच अमृतकोषको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोषको स्थापना हुनु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले अृमतकोषले संस्थागत रुपमा आमाहरूबाट दान गरिएको दूधको सङ्कलन प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले अमृतकोषको स्थापनाले नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउनुका साथै स्तनपानको  महत्त्वबारे जनचेतना फैलाउन  सहयोग पुग्ने बताउनुभयो ।

रेडियो नेपालका अनुसार राष्ट्रपति भण्डारीले अस्पतालले विशिष्टीकृत प्रसूति सेवालाई मुलुकका विभिन्न भूभागमा पुर्‍याउनु सकारात्मक भएको भन्नुहुँदै स्वास्थ्य सेवाको पहुँच बढाउन दक्ष जनशक्तिको उत्पादन र अत्यावश्यक सामग्रीको व्यवस्थापनमा जोड दिनुभयो ।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री हिराचन्द्र केसीले प्रसूति सेवाका क्षेत्रमा प्रसूति तथा स्त्री रोग अस्पताले खेलको भूमिका महत्त्वपूर्ण रहेको भन्नुहुँदै आम मानिसको सहज पहुँचका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

समारोहमा अस्पतालका निर्देशक प्रा.डा.अमिरबाबु श्रेष्ठले अस्पतालको सेवालाई समयानुकूल बनाउँदै अनुसन्धान केन्द्रका रुपमा विकास गरिएको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार