Tue. Dec 24th, 2024

ज्यालादारी र अस्थायी कर्मचारीका माग पूरा गर्ने प्रचण्डको प्रतिबद्धता

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ३ गते शुक्रबार । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नु भएको छ । उक्त कार्यक्रममा उहाले सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई स्वतः स्थायी गरिनुपर्ने लगायतका माग राख्दै आएका छन् । उक्त माग पूरा गराउने विषयमा आफू प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ ।

श्रमिकको हकहित र सामाजिक न्याय तथा उनीहरुको आत्मसम्मानका लागि आफूहरुले धेरै संघर्ष र बलिदान दिएको कुरा उक्त कार्यक्रममा उहाँले बताउनु भएको छ । कार्यक्रममा उहाँले सामाजिक न्याय र सुरक्षाका लागि आवश्यकताका आधारमा संविधानलाई परिमाजर्न गर्नुपर्ने बताउनु भएको छ ।

Facebook Comments