Fri. May 17th, 2024

आईसीसी यू-१९ विश्वकपको रोडम्याप सार्वजनिक, नेपाल छनोट हुन डिभिजन वान जित्नुपर्ने

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ३ गते शुक्रबार । डिभिजनको छनोट प्रतियोगिता हुनेछ । अमेरिका र इस्ट एसिया क्षेत्रमा एक चरणको छनोट प्रतियोगिता हुनेछ । एसियामा नेपालले सिधै डिभिजन वानमा खेल्नेछ ।

एसियाको डिभिजन टुमा बहराइन, भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड छन् । सेप्टेम्बर-अक्टोबरमा ओमानमा हुने डिभिजन टुबाट शीर्ष दुई टिम डिभिजन वानमा पुग्नेछन् । जहाँ यी दुई टिम सहित नेपाल, युएई, मलेसिया र कुवेत गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट विजेता टिममात्र २०२४ को यू-१९ विश्वकपमा छनोट हुनेछन् ।

सन् २०२२ मा भएको यू-१९ विश्वकपमा छनोट प्रतियोगिता नहुँदा नेपालले विश्वकपमा पुग्ने अवसर गुमाएको थियो । कोभिड-१९ महामारीका कारण आईसीसीले अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता रद्द गरेपछि नेपाल विश्वकपबाट बञ्चित भएको थियो ।

Facebook Comments