Thu. May 16th, 2024

तनहुँमा करेन्ट लागेर बाबु-छोराको ज्यान गयो, आमा घाइते

काठमाण्डौं, २०७९ भदौं ३ गते शुक्रबार । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबु-छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका-५ घर भइ शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिनाका छोराको ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

उज्यालो अनलाईनका अनुसार करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते हुनुभएको छ ।  चित्रबहादुर र उहाँको छोराको उपचारका क्रममा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । ब्याम्बोकी श्रीमती दिलमायाको यही  अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments