Sun. Apr 28th, 2024

पछिल्लो आठ ओडीआई इनिङमा बाबरको ब्याटबाट ४ शतक र ३ अर्धशतक, एसिया कपमा भारतका लागि टाउको दुखाई

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १ गते बुधबार । एसिया कप २०२२ अघि भारत र पाकिस्तानको टोलीले विभिन्न स्थानमा एकदिवसीय सिरिज खेल्दैछन् ।

भारतीय टोली जिम्बावेको भ्रमणमा रहेको बेला पाकिस्तानी टोली नेदरल्यान्ड्स गएको छ । पाकिस्तान र नेदरल्यान्डबीचको सिरिजको पहिलो खेल पाकिस्तानले १६ रनले जितेको छ । खेल पाकिस्तानले जितेको भएपनि नेदरल्याण्ड्सले पनि उत्कृष्ट प्रदर्शन गर्यो ।

सिरिजको पहिलो खेलमा पाकिस्तानका कप्तान बाबर आजमले उत्कृष्ट अर्धशतक खेल्नु भयो । बाबरले पछिल्लो आठ ओडीआई इनिङमा जसरी प्रदर्शन गर्नु भएको छ त्यसबाट स्पष्ट हुन्छ, उहाँ उत्कृष्ट लयमा हुनु हुन्छ र यही फर्मलाई उहाँले एसिया कप २०२२ मा पनि निरन्तरता दिनु भयो भने भारतका लागि उहाँ ठुलो चुनौती हुने पक्का छ ।

बाबर आजमले नेदरल्याण्डविरुद्ध ८५ बलमा ७४ रनको शक्तिशाली इनिङखेल्नु भयो । यस क्रममा उहाँको ब्याटबाट एक छक्का र ६ चौका निस्क्यो । तर उहाँले शतक पुरा गर्न सक्नु भएन ।

पाकिस्तानका कप्तान बाबर आजमले आफ्नो पछिल्लो आठ ओडीआई इनिङमा सात पटक ५० भन्दा बढी रन बनाउन सफल हुनु भएको छ । यति मात्र होइन, यी आठ इनिङ्समा उहाँको नाममा चार शतक पनि छन् । उनले सन् २०२१ मा इङ्ल्यान्डविरुद्धको एकदिवसीय खेलबाट यसको सुरुवात गर्नु भएको थियो । त्यसपछि उहाँले इङ्ल्यान्डविरुद्ध १ सय ५८ रनको इनिङ खेल्नु भयो । सो सिरिज पछी उहाँले अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज खेल्नु भयो । पहिलो खेलमा ५७ रन बनाउनु भयो । सोही शृङ्खलाको दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध बाबर आजमले १ सय १४ रन बनाउनु भयो भने अन्तिम खेलमो अविजित १ सय ५ रन बनाउनु भयो । त्यसपछि वेस्ट इन्डिजको पालो आयो । बाबर आजमले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय खेलमा १ सय ३ र त्यसपछि ७७ रन बनाउनु भयो ।

उहाँले सिरिजको अन्तिम खेलमा एक रन मात्र बनाउन सक्नु भयो । मंगलबार राति सम्पन्न नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीयमा बाबरले ७४ रन बनाउनु भएको छ । सिरिजमा अझै दुई खेल बाँकी छन् । त्यसमा पनि बाबरको ब्याट निश्चित रुपमा चल्न सक्छ । एसिया कप यस शृङ्खला लगत्तै सुरु हुनेछ र पाकिस्तानको पहिलो खेल भारतसँग हुनेछ । यो खेल अगस्ट २८ मा दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ ।

बाबर आजम पाकिस्तान क्रिकेटका एकमात्र खेलाडी हुन् जसले आफ्नो कप्तानीमा टीम इण्डियालाई विश्वकपमा हराउन सफल हुनु भएको छ । बाबर आजम २०२१ को टी-२० विश्वकपमा पनि पाकिस्तानका कप्तान हुनु हुन्यो र त्यो खेलमा पाकिस्तानले टीम इन्डियालाई १० विकेटले पराजित गरेको थियो ।

उक्त खेलमा पनि बाबर आजमले ५२ बलमा ६८ रन बनाएर आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । बाबर आजमको यो फार्म आगामी केही दिनसम्म जारी रह्यो भने टीम इन्डियाले उहाँ विरुद्ध विशेष रणनीति तयार गर्नुपर्नेछ, ताकि उनलाई चाँडो आउट गर्न सकोस् । सिरिजका बाँकी दुई खेलमा बाबर आजमले कस्तो प्रदर्शन गर्छन् त्यो भने हेर्न बाँकी छ ।

Facebook Comments