Fri. May 3rd, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभा चुनाव नलड्ने

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १ गते बुधबार ।  राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ ।

केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत जानकारी दिनुभयो । ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी हुने छैन’, लामिछाने बताउनुभयो ।

पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष लामिछानेले बताउनुभयो ।

Facebook Comments