Sun. May 19th, 2024

सलमान रुस्दीको स्वास्थ्यमा सुधार

काठमाण्डौं, २०७९ साउन २९ गते आईतबार । छुरा प्रहारबाट घाइते हुनुभएका विश्वचर्चित लेखक सलमान रुस्दीको स्वास्थ्यमा सुधार आएको छ । उहाँको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेन्टिलेटरबाट निकालेर सामान्य शय्यामा राखेर उपचार गर्न थालेका छन् ।

उहाँ अहिले बोल्न थाल्नुभएको छ । रूस्दीका साथी आतिश तासीरले उहाँले ख्यालठट्टा गर्न थाल्नुभएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । विवादास्पद ‘सटानिक भर्सेस’ उपन्यासका लेखकमाथि पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा छुरा प्रहार भएको थियो ।

७५ वर्षीय लेखक रुस्दीलाई २४ वर्षीय हादी माटर नामक व्यक्तिले छुरा प्रहार गरेका थिए । माटरले उहाँको घाँटी, पेट र हातमा चक्कुले पटक प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो । एजेन्सी

Facebook Comments