Sun. May 19th, 2024

शेयर बजारमा भारी गिरावट

भिओके समाचार काठमाण्डौं, २०७९ साउन १९ गते बिहीबार । शेयर बजारमा चुनाव घोषणाको समाचारले नकारात्मक प्रभाव पारेको छ । बिहीबार विहानैदेखि शेयर बजारमा बिक्रीको चाप देखिएको छ । चुनाव घोषणपछि केही सकारात्मक हुन खोजे पनि त्यो लामो समयसम्म टिक्न सकेन । नेप्से सूचक दिनभरिकै सबैभन्दा न्यून विन्दु नजिक पुगेर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक ३८।६१ अङ्कले घटेर २१४८।१६ को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९६ प्रतिशतले घटेर ४१२।२५ को विन्दुमा पुगेको छ । आज कूल २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँमा खरिद(बिक्री भएको छ ।

आज १३ वटै सूचकहरु राताम्मे भएका छन् । आज कारोबार भएका सूचकहरुमा बैंकिङ १।४१, व्यापार ५।१३, , होटल तथा पर्यटन ३।०९, विकास बैंक २।५१, जलविद्युत् २।१९, फाइनान्स २।९४,  अन्य २।३३ माइक्रोफाइनान्स १।६२ , म्युच्युअल फन्ड १।१२ , जिवन बीमा १।६५ प्रतिशतले  घटेका छन् ।

यता युनाइटेड इदी मर्दि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९।५२ प्रतिशतले घटेको छ भने हिमाल दोलखा हाइड्रोपावरको ५।३० , साल्ट ट्रेडिङ हाइड्रोपावरको ५।१५ , बिशाल बजार कम्पनीको ५ र गुडविल फाइनान्सको ४।९४ प्रतिशतले घटेका छन् ।

उच्च अंकले घटेको बजारमा पनि बलेफि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९।९८ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ५।३९ , रिभर फल्स पावरको ५।३५, विन्दवासिनि हाइड्रोपावरको ४।४८ र घलेम्दी हाइड्रोपावरको ४।१५ प्रतिशतले बढेका छन् ।

बिहीबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १३ करोड १५ लाख, अपि पावरको १२ करोड ७९ लाख, युनिभर्सल पावरको ७ करोड ८० लाख र गोर्खाज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Facebook Comments