Sun. May 5th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता

काठमाण्डौं, २०७९ साउन १३ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २८ तारिख राती अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गर्नुभएको छ। दुवै देशका नेतागणले वार्तामा चीन-अमेरिका सम्बन्ध र साझा चासोका विषयहरूमा सदिच्छापूर्वक वैचारिक आदान प्रदान गर्नुभएको छ।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय समाज र विभिन्न मुलुकका जनताले हाल जटिल र बदलिँदो विश्वको सामना गर्दा चीन र अमेरिका दुवै देशले निर्देशनात्क भूमिका निर्वाह गर्नसक्ने आशा गरिरहेको भन्दै विश्व शान्ति र सुरक्षाको संरक्षण गर्नुका साथै विश्वव्यापी विकास र समृद्धिको प्रबर्द्धन नै चीन र अमेरिका यी दुई ठूला मुलुकको कर्तव्य भएको कुरामा जोड दिनुभएको छ। उक्त वार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले मुख्यत:थाइवान समस्या सम्बन्धमा चीनको सैद्धान्तिक अडान बारे पनि प्रष्ट पार्नुभएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक मात्र चीन भन्ने नीतिमा कुनै पनि परिवर्तन नभएको र नहुने भन्दै अमेरिकाले थाइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने कुराको पनि पुन:पुष्टी गर्नुभएको छ। त्यस क्रममा दुवै देशका नेताले युक्रेन सङ्कट लगायतका ध्यानाकर्षणका विषयहरूमा वैचारिक आदान प्रदान गर्नुभएको छ। सीआरआई

Facebook Comments