Mon. Apr 29th, 2024

नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै

काठमाण्डौं, २०७९ साउन १३ गते शुक्रबार । नेपालको तीन दिने भ्रमणका लागि हिजो बिहीबार काठमाण्डौं आउनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओको नेपाल भ्रमणपछि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु गर्नुभएको यो सबैभन्दा ठूलो अमेरिकी नेताको भ्रमण हो । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाण्डौ आउनु भएको हो । नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरे पश्चात भैरहेको लु को यो भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

नेपालले गएको असार ६ गते एसपीपी अघि नबढ्ने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई औपचारिक पत्राचार गरेको छैन । यसको चौतर्फी आलोचना भइरहेको छ ।

यसअघि गएको मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नु भएको थियो ।

Facebook Comments