Sat. Apr 20th, 2024

चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण (भिडियो सहित)

च्युछ्वान, चीन, २०७९ साउन ११ गते बुधबार । चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । च्युछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो ।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् । यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लीच्येन-१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ ।

Facebook Comments