Tue. Apr 16th, 2024

एसईईको नतिजा सार्वजनिक

काठमाडौं, २०७९ साउन ११ गते बुधबार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बुधबार अपराह्न परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

४ लाख ९५ हजार ७५१ जना परीक्षार्थी सहभागी परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

Facebook Comments