Fri. May 17th, 2024

द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति घोषित

काठमाण्डौं, २०७९ साउन ६ गते शुक्रबार । भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ ।

बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उहाँको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्रौँ राष्ट्रपति घोषणा गर्नुभएको हो ।

मतपरिणामअनुसार मुर्मुले २ हजार ८ सय २४ र उहाँका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले १ हजार ८ सय ७७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ४ हजार ७ सय ५४ मत मत खसेको थियो जसमा ५३ मत बदर भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नवनिर्वाचित राष्ट्रपति मुर्मुलाई उहाँको निवासमा भेटेर बधाई ज्ञापन गर्नुभएको थियो। अल्पसङ्ख्यक जातीय समुदायकी मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति हुनुभएको छ । आगामी सोमबार उहाँले पद तथा गोपनीयता शपथ लिने कार्यक्रम छ । भारतको संविधानअनुसार प्रधानमन्त्री कार्यकारी सरकार प्रमुख हुन् भने पदीय मर्यादाअनुसार प्रधानमन्त्रीभन्दा माथिको ठूलो औपचारिक पद हो ।

रासस का अनुसार पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल हुनुहुन्थ्यो । सन्थाल जातिकी अल्पसङ्ख्यक सदस्य उहाँको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएको समाचार संस्था एपीले जनाएको छ । राजनीतिमा प्रवेश गर्नु अघि उहाँ विद्यालय शिक्षक हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद हुनुभएकी उहाँका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख हुनुहुन्थ्यो ।

Facebook Comments