Sun. May 19th, 2024

चिनियाँ नेता लिउ च्यानछाओले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने, आजै स्वदेश फर्कने कार्यक्रम

काठमाण्डौं, २०७९ असार २९ गते बुधबार । नेपाल भ्रमणमा रहन् भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यानछाओले अहिले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भवन सितल निवासमा विहान १० बजे भेटघाटको समय निर्धारण गरिएको श्रोतले जनाएको छ । सो भेटघाटमा आपसी हितका विविध विषयमा कुराकानी हुने बताईएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरिसक्नु भएका लिउ च्यानछाओ नेतृत्वको टोली आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Facebook Comments