Fri. May 17th, 2024

चिनियाँ नेता लिउ च्यानछाओ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता

काठमाण्डौं, २०७९ असार २८ गते मंगलबार । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ च्यानछाओले आज नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा सम्पन्न भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नेपाल र चीनबीचको सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भएको बताउनुभयो । अध्यक्ष नेपालले चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताउनुभयो ।


दुवै देशका राजनीतिकलगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउले विचार व्यक्त गर्नुभएको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताउनुभएको थियो । सो अवसरमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गङ्गालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वालालगायत नेता सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments