Sun. May 19th, 2024

मतदाता नामावली सङ्कलन कार्यलाई सरलीकरण गरिदै, काडमाण्डौ उपत्यकामा अनलाईनबाट नामावली दर्ता

काठमाण्डौं, २०७९ असार २८ गते मंगलबार । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अब उप्रान्त अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाण्डौं उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लामा आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाण्डौं उपत्यकाका तीन जिल्ला) मा अनलाइनबाटै पेश गर्न सकिनेछ ।

तत्पश्चात अनलाइन फाराममा उल्लिखित सङ्केत नंम्वर सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट आज जारी विज्ञप्तिमा जनाइएको खवर राससले लेखेको छ ।

Facebook Comments