२०८३ भाद्र २२, सोमवार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त, आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि भएको भनाइ

       

काठमाण्डौं, २०७९ असार २५ गते शनिबार । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले हिँजो (शुक्रबार) सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

उहाँले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गर्नुभएको छ । शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते हुनुभएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो ।

Facebook Comments