Sun. May 5th, 2024

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ राष्ट्रको घोषणा     

एल्माउ क्यासल, जर्मनी, २०७९ असार १२ गते आईतबार । संयुक्त राज्य अमेरिकाले आइतबार जी-७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ ।

यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।

यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेख्नुभएको छ, “जी-७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख निर्यात हा ।े रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ ।

सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी-७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी-७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस बिषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए ।

ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी-७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो । रासस/एएफपी

Facebook Comments