Wed. May 8th, 2024

पेट्रोलको मूल्य एकै दिन २१ रुपैयाँले बढाईयो, नयाँ मूल्य प्रतिलिटर १९९ रुपैयाँ

- पेट्रोलियम पदार्थको मूल्य सुन्दै उपभोक्ता तर्सिने

Petrol

काठमाण्डौं, २०७९ असार ६ गते सोमबार । पेट्रोलियम पदार्थको मूल्य उपभोक्ता तर्सिने गरी बढेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ रुपैयाँ पुगेको छ । निगमले एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ८५ र हवाई इन्धन बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।

Facebook Comments