Sun. May 19th, 2024

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

जाजरकोट, २०७९ असार ५ गते आईतबार ।रुकुमपश्चिम आठबिसकोट नगरपालिका-११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्का छन् । जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो । रासस

Facebook Comments