Fri. May 17th, 2024

पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिने

फाइल फोटो

काठमाण्डौं, २०७९ जेठ ३१ गते मंगलबार ।  सरकारले आगामी वर्ष ३०० स्थानीय तहका पाँच लाख भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले झन्डै १४ लाख भूमिहीन रहेकामा आगामी दुई वर्षमा जग्गाधनी पूर्जा वितरण सम्पन्न गर्ने लक्ष्य लिएको छ । पुर्जा वितरणका लागि अनिवार्य रूपमा गर्नुपर्ने पूर्व तयारी कार्य बाँकी रहेकाले त्यो अघि बढाइएको भूमि व्यवस्था मन्त्री शशि श्रेष्ठले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै  उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानका लागि गठन भएको राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरू गठन भएर काम सुरु भएको बताउनुभयो ।

Facebook Comments