Thu. May 2nd, 2024

लामो समयपछि एयर चाइनाको छन्तु-काठमाण्डौं उडान पुनः सञ्चालन

काठमाण्डौं, २०७९ जेठ ३० गते सोमबार ।  एयर चाईनाको छन्तु काठमाण्डौं उडान पुन सञ्चालनमा आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विगत एक वर्षदेखि बन्द रहेको चाइना एयरलायन्सको छन्तु काठमाण्डौं उडान पुनः सुरु भएको हो। एयर चाइनाको दक्षिणपश्चिम शाखाले आइतबारदेखि यात्रुवाहक ए-३३० विमानद्वारा सछवान प्रान्तको राजधानी छन्तुदेखि काठमाण्डौंसम्मको यात्रुवाहक उडान एक वर्षपछि पुनः निरन्तर गरेको हो।

एयर चाइना दक्षिणपश्चिम शाखाले एयरबस ए ३३०-२०० वाइड बडी लामो दूरीको यात्रुवाहक विमानलाई सञ्चालनमा ल्याउने र प्रत्येक आइतबार राउन्ड ट्रिप उडान गर्ने जनाएको छ। सछवान प्रान्तीय राजधानी छन्तुस्थित श्वाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने उडानको समय लगभग ३ घण्टा २० मिनेटको छ।
काठमाण्डौंस्थित चिनियाँ रादूतावासले फेसबुक पेजमार्फत एयर चाईनाको उडान सुरु भएको जानकारी दिएको छ ।

Facebook Comments