Tue. Jul 28th, 2026

नाइजेरियाको उत्तरपश्चिममा बन्दुकधारीद्वारा ४० जना यात्रु अपहृत   

       

लागोस, २०७९ जेठ ३० गते सोमबार । देशको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुहरूलाई अपहरण गरेका छन्।

जाम्फाराका प्रहरी प्रवक्ता मुहम्मद सेहुले शनिबार साँझ जाम्फारा र छिमेकी राज्य सोकोटो जोड्ने द्रुतमार्गबाट अपहरणमा परेका ४० पीडितको पहिचान र उद्धार गर्न संयुक्त सुरक्षा अभियान जारी रहेको जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पीडितहरू सोकोटोको तम्बुवाल स्थानीय सरकारी क्षेत्रको एक विवाह समारोहबाट जाम्फारा फर्कदै गर्दा एक्सप्रेसवेमा सडक अवरुद्ध गर्ने बन्दुकधारीहरूले उनीहरूलाई पछ्याएका थिए।

नाइजेरिया, सबैभन्दा जनघनत्व भएको अफ्रिकी देश हो जहाँ अपहरण, लुटपाट र चरमपन्थी हमलाहरू सहित असुरक्षाका घटनाहरूको शृङ्खलाबाट समस्याग्रस्त छ।   रासससिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read