Wed. Dec 25th, 2024

अमेरिकी सैनिक जनरल स्वेदश फिर्ता

काठमाण्डौं, २०७९ जेठ २९ गते आईतबार ।  नेपालको चारदिने भ्रमणमा आउनु भएका अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन स्वदेश फर्कनु भएको छ । आज बेलुका उहाँलाई नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गर्नुभएको नेपाली सेनाले फेसबुक पेजमार्फत जानकारी दिएको छ ।

भ्रमणका क्रममा सैनिक जनरल फ्लिनले आज पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्नुभयो । जेठ २६ मा सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन शिवपुरीमा चाल्र्स ए फ्लिनले तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गर्दै नेपाली सेना भरपर्दो जमिनी शक्ति रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । शिवपुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा फ्लिनले भन्नुभयो–‘नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरुमध्ये रहेको छ ।’ सैनिक कमाण्ड तथा स्थाफ कलेजमा उहाँले वृक्षारोपण पनि गर्नुभएको छ ।

उहाँले नेपाल भ्रमणमा रहँदा राष्टपति विद्यादेवी भण्डारी, प्रधामन्त्री शेर बहादुर देउवा र प्रधान सेनापति पर्शुराम शर्मा लगायतका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

सन् २०२१ जुनदेखी एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहनु भएका फ्लिनले पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

Facebook Comments