Fri. May 17th, 2024

इन्धनको भाउ फेरी बढ्यो, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो

Petrol

काठमाण्डौं, २०७९ जेठ २६ गते बिहीबार । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागुहुने गरी इन्धनको भाउ बढाएको हो ।

आज  राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेलरमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

Facebook Comments