Mon. Dec 23rd, 2024

नेपालआज डटकमलाई प्रेस काउन्सिल नेपालले सूचिकरणबाट हटायो

काठमाण्डौं, २०७९ जेठ २१ गते शनिबार । नेपालआज डटकमलाई प्रेस काउन्सिल नेपालले सूचिकरणबाट हटाएको छ । काउन्सिलका उप-प्रशासकीय अधिकृत रामशरण बोहराले हिँजो (शुक्रबार) एक विज्ञप्ति जारी गरेर नेपाल आज डटकम लाई सूचिकरणबाट हटाएको जानकारी दिनुभएको हो ।

काउन्सिलले गत वर्ष (२०७८/ ११/ १३ गते) नै नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै सूचना तथा प्रसारण विभागबाट उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन सिफारिस गरिसकेको थियो ।

नेपाल अनलाईन डटकमलाई विभिन्न विषयमा पटक पटक सन्दिग्ध समाचार तथा सामग्री सम्प्रेषण भएको विषयमा प्रेस काउन्सिल नेपालबाट स्वअनुगमन साथै विभिन्न व्यक्तिबाट उजूरी परेको थियो । तत्पश्चात पनि यस अनलाईन माध्यमको क्रियाकलापमा सुधार नआएको र मुलुकको विद्यमान कानून उन्लंघन गरेको भनि पटक पटक नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत नै सचेत गराएको तथापी सञ्चार माध्यमको प्रवृत्तिमा सुधार नभई बोल्दै नबोलेको विषयलाई लिएर अतिरञ्जित गरि समाचार बनाएको भनी एक वरिष्ठ पत्रकारले काउन्सिलमा मौखिक गुनासो गरी कारबाहीको माग गर्नुभएको थियो भन्दै विज्ञप्तिमा सोही अनलाईन र यसका सञ्चालक माधव प्रसाद गुरागाईँले एक महिला पत्रकारविरुद्ध हिंसा, ज्याजती, मानसिक यातना दिँदै आएको, दैनिक ५० औं कल गरेर धम्की दिने गरेको भनि उजुरीहरु दर्ता भएको सन्दर्भमा मिति २०७९ जेठ २० गते बसेको आचारसंहिता अनुगमन उपसमिति बैठकबाट “काउन्सिलले कालोसूचीमा राखी सुध्रने अवसर प्रदान गरे पनि कुनै सुधार नआएको, काउन्सिललाई अवज्ञागरी आधारहीन, वैयक्तिक चरित्र हत्या गर्ने, मानहानी गर्ने समाचार निरन्तर सम्प्रेषण गर्दै आएको देखिएको हुँदा उक्त अनलाईन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७(१) ग बमोजिमको सूचिकरणबाट हटाउने र नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध संघसंस्थासँग थप छलफल गरी थप कारवाही गर्ने” निर्णय भएकोले आजैदेखि नेपालआज डटकमलाई सूचिकरणबाट हटाई थप कारबाही अगाडि बढाईएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments