Thu. May 2nd, 2024

काठमाण्डौं महानगरपालिकाका मेयर र उपमेयरको शपथ आज

नव निर्वाचित मेयर तथा उपमेयर बालेन्द्र शाह र सुनिता डंगोल

काठमाण्डौं, २०७९ जेठ १६ गते सोमबार । स्थानीयत तह निर्वाचन २०७९ अन्तर्गत काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

काठमाण्डौंको राष्ट्रिय सभागृहमा आज बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाण्डौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिनुभएको छ ।

Facebook Comments